बजार नपाएपछि गाई बस्तुलाई सब्जी खुवाउंँदै भाउन्नेका किसान, राज्यले बेवास्ता गरेको दुखेसो 

  • १ जेष्ठ २०७७, बिहीबार

केशु विरही, बेलबारी, मोरङ/ लकडाउनका कारण पूरै देश बन्दाबन्दी रहँदा समेत राज्यले सब्जी, दूध लगायत अत्यावश्यक खाध्यान्न सामग्रीहरुको निर्वाध रुपमा विक्री वितरण गर्न मिल्ने नीति अख्तियार गर्याे । सम्वन्धित निकायमा पनि साेही अनुसार परिपत्र गर्याे । तर राज्यले यस्ता अत्यावश्यक सामग्री निर्वाध रुपमा विक्रीवितरण सनै सकिने बताइरहँदा त्यसको संयोजन हुन नसक्दा लाखौँ लगानी गरेर तयार पारेका सव्जी विक्रि नभएर बस्तुभाउलाई खोले पकाएर दिनु पर्ने अवस्था आउनथाले पछि किसानहरु चिन्तित भएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं १० का दुर्गा लिम्बूले १५ कठ्ठाजति जमिनमा बोडीखेति गरेका छन् । झण्डै तीनविगाहा जति जमिनमा उनी सब्जीखेति गर्दै अाएका छन् । बाेडी फलेर ठिक्क बजार लैजाने बेलामा देशमा लकडाउन सुरु भयो । लकडाउनले गर्दा बजारमा लैजान तयार भएको बोडी त्यतिकै थन्किए । उनले सुरु सुरुमा गाउँगाउँमै डुलाएरै भएपनि विक्री गर्दै आएका थिए । तर पछिल्लो समय उत्पादन ह्वात्तै वढी भएपछि त उनलाई गाउँगाउँमा डुलाएन बेच्न पनि कठीन भैरहेकाे छ । झन् स्थानीय प्रशासनले लकडाउनलाई कडाईगरेसँगै आफूले उत्पादन गरेका बाेडी छिमेकी बजार पुर्याउन असफल भएको उनी बताउँछन् । त्यसो त अरु बेलबा २० रुपैया पावा पर्ने बोडी अहिले केजी कै १५ दिँदा समेत विक्री हुन सकेको छैन । यसरी लकडाउनले बाेडी विक्री हुन छाडेपछि गाउँमै आफन्तहरुलाई बाढ्ने गरेको र बाकी बस्तुभाउलाई खाेले पकाएर दिने गरेकाे उनी बताउँछन् ।

विगत लामो समयदेखि सब्जीखेति गर्दै आएका लिम्बू अहिले लकडाउनले गर्दा आम्दानीको त कुरै छाडौँ कामदार लाउनसमेत कठिन भैरहेको गुनासाे पाेख्छन् ।

उनी भन्छन् – लकडाउनले गर्दा नाफाकाे त कुरै झाडाैँ कामदार लाउन समेत धाैधाै भैरहेकाे छ ।”

भारतबाट निर्वाध रुपमा सब्जी आयात भैदिँदा आफूहरुले उत्पादन गरेका सब्जीले स्थान नपाएको अाशिष लिम्बूकाे मत रहेको छ ।

बेलबारी १० भाउन्नेकै कृषक दिलमाया लिम्बूको पनि वेथा उस्तै रहेको छ । उनले यसपटक १० कठ्ठाजति जमिन लिजमा लिएर बोडीखेति गरेकी थिइन तर बोडी विक्री नभए पछि उनलाई अहिले यो पेसा निल्नु र ओकल्नुजस्तै भएको छ । सव्जीखेतिबाटै ६ जनाको परिवार पालिरहेकी उनलाई अहिले भने परिवार पाल्नै समस्या हुने होकि जस्तो लागिरहेको छ । यस्तो विषम परिस्थितिमा पनि राज्यले किसानहरुलाई नहेरेकोमा भने साह्रै दुख लागेकाे छ ।

“खै सरकार छ पनि कसरी भनाैँ हामीले कहिल्यै सरकार भएकाे अनुभूत गर्न पाएनाैँ । ” पत्रकारसँग दुखेसाे पाेख्दै उनले यसाे भनिन ।

दुर्गा, अशिष र दिलकुमारी लिम्बूले मात्र नभएर बेलबारी १० भाउन्ने सृजना टोलका अधिकांश किसानकाे उस्तै गुनासाे रहेकाे छ । उनीहरु याे विषम परिस्थितिमा स्थानीयपालिकाले सहजिकरण गरिदिए हुन्थ्याे भन्नेमा छन् ।

ताप्लेजुङ घर भइ विगत २०३४ सालदेखि बेलबारी –१० भाउन्नेमा बसोबास गर्दै आएकी ७८ वर्षीय वृद्धा मनमाया पाहिम (लिम्बु)का लागि भने किसानले उत्पादन गरेका सब्जी विक्रि नभएर बस्तुभाउलाई दिने अवस्था पहिलो अनुभव रहेको बताईन । वृद्ध पाहिम बारीबाट ल्याएका बाेडी केलाउँदै भनिन – खै यतिका समय भयाृ यसपालि भने याे दुर्दसा व्यहाेर्नु पर्याे ।”

यता किसानहरुले राज्यले यस्तो बेलबामा पनि नहेरेको गुनासो गरिरहँदा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले भने कोरोनाको त्रासले गर्दा यो समस्या सिर्जना भएको तर विषम परिस्थितिकै बिच पनि नगरपालिका किसानका समस्याहरुको सामधान गर्न तयार रहेको बताउँछन् ।