एक सहकारीले गराइदियो धनकुटाका झण्डै तीन दर्जन पत्रकारको कोरोना बिमा

  • १९ जेष्ठ २०७७, सोमबार

ईश्वर थापा, धनकुटा । धनकुटाका क्रियाशील ३३ जना पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जनज्वोती बचत तथा ऋण सहकारी संस्थाले पत्रकारको कोरोना बिमा गरि दिएको हो । सहकारीले कोरोना महामारीका बेला जिल्ला अग्रपङ्तिमा रहेर काम गरिरहेका धनकुटाका पत्रकारको कोरोना बिमा गरेको हो ।

जिल्लाका ३३ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएका पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।  बिमाका कारण अग्रपङ्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए ।

शनिबार बिमालेख हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष विकास घिमिरेले महामारीका बेला स्वास्थ्य, सुरक्षा र सञ्चार अग्रपङ्तिमा रहेर खटिएको तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेकोले अग्रपङ्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बिमा गरेको बताए । सहकारीका अध्यक्ष घिमिरे धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत हुन् ।