बेलबारीको होल्डिङ एरियाबाट पुष्पगुच्छा सहित बिदा भए ५ जना

  • २७ जेष्ठ २०७७, मंगलवार

बेलबारी/बेलबारीको होल्डीङ एरियाबाट ५ जनालाई आईतबार साँझ  बिदाइ गरिएको छ । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई होल्डीङ एरियाबाट फुलका गुच्छा दिएर बिदाई गरीएको छ ।

उनीहरुलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गुच्छा दिदै स्वास्थ्यलाभको कामना सहित विदाई गरेकी हुन । उनीहरुलाई अझै एक हप्ता होम क्वारेन्टाइनमा बस्न बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिश्वकर्माले निर्देशन समेत दिए । उनीहरु स्वास्थ्यकर्मीकै निगरानीमा रहने समेत उनले बताए ।

 होल्डिङ एरियामा बसेकाहरुले समेत खान तथा बस्नको ब्यबस्थापन राम्रो भएकोले दिन रात बिताउन समेत समस्या नभएको बताएका छन । वाईफाई सहितको ब्ययबस्थापन भएकोले घरमा बसे जस्तै अनुभुति भएको उनीहरुको भनाई रहेको छ ।  १ सय बेड क्षमताको उक्त एरियामा ३२ जना भारतवाट आएका नगरवासी छन ।