विद्यार्थी अभावले पथरी शनिश्चरेका तीन विद्यालयको घटुवा, एउटालाइ मर्ज गरिदै
- ६ बैशाख २०८२, शनिबार
पथरी शनिश्चरे नगरपालिका अन्तरगत शिक्षा समितिको बैठकले विद्यार्थी संख्या कम भएका केही विद्यालयहरुको कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाइ बन्द गरी मर्ज गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यार्थी संख्या कम भएको वडा नं. ४ को सिद्धार्थ आधारभूत विद्यालयलाई बन्द गरी मर्च गर्ने, सामाजिक आधारभूत विद्यालय वडा नं. ३ लाई कक्षा ८ बाट घटाएर ५ सम्म बनाउने, वडा नं. ८ को मिलन आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म कायम गर्ने र वडा नं. ९ को सिरिजंगा आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षा समितिको बैठकले नगरपालिकाले लिएको निदानात्मक परीक्षा तथा कक्षा ८ को परीक्षाफलको बिषयमा विद्यालयहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी पतरी शनिश्चरे नगरकार्यपालिकाको शनिबार नै भएको बैठकले निजी विद्यालयहरुले अनिवार्य प्रदान गर्नुपर्ने छात्रवृत्र् िप्रदान गर्नका लागि वडा कार्यालयबाट अनिवार्य विपन्न वर्गको विद्यार्थी भनी प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८२ नगरपालिका भित्रका विभिन्न वडाका खेल मैदानहरुमा एकैसाथ भव्य र सभ्य रुपमा सञ्चालन गर्ने लगायतका निर्णयहरु पारित गरेको नगर प्रवक्ता नवीन कार्कीले जानकारी दिए ।
शिक्षकको गैरकानुनी हाजिरी प्रदर्शन, स्थानीय सरकार र राज्य किन चुपचापरु — इक्ल्भउब
ि





