धनकुटामा लडाकु दस्ता बनाउँदै कांग्रेस, भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

  • ४ श्रावण २०७८, सोमबार

धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको छ ।
भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको हो ।

      नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु नेपाल धन राई, पृती वान्तवा, क्षेत्रिय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष यूवराज पुराजुली, क्षेत्रिय सचिव प्रकाश राई लगायतको उपस्थिति थियो ।

भेलालाई सम्बोधन गर्दै नेपाल तरुण दल धनकुटका अध्यक्ष दिनेश राईले लोकतन्त्र विरोधी र भष्टाचारीहरुको विरुद्ध खवरदारी गर्नका लागि तरुण डिफेन्स फोर्स गठन गरेको वताए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले तरुण डिफेन्स फोर्सले गाउँ गाउँमा गएर कांग्रेसलाई निर्वाचनमा विजयी गराउन अभियान संचालन गर्ने वताए ।

कार्यक्रममा नेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं. १ का अध्यक्ष विष्णु लिम्बु, वडा नं. २ का अध्यक्ष पूर्ण लिम्बु, वडा नंं ५ का अधयक्ष मिलन लिम्बु, वडा नं. ६ का अध्यक्ष प्रसेश बुढाथोकी, वडा नं. ८का अध्यक्ष अविलास राई, वडा नं. १० का अध्यक्ष रोहित राई, यूवा नेताहरु निर्देश लिम्बु, देवेन्द्र राई लगायत पनि उपस्थित थिए ।

      तरुण डिफेन्स फोर्सले साँगुरीगढीका १० वटै वडाहरुमा अनियमिता र जनविरोधी क्रियाकलापको भण्डाफोर गर्दै कांग्रेसको पक्षमा यूवा परिचालन गर्ने नवनिर्वाचित तरुण डिफेन्स फोर्स सागुरीगढीका संयोजक दिपेन सुहाङ्ग लिम्बुले वताए ।
नेपाली कांग्रेसले यसअघि धनकुटाको पाख्रीबास र धनकुटा नगरपालिकामा तरुण डिफेन्स फोर्स गठन गरिसकेको छ ।