नि:शुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भए दुवाकोट र नक्खुका बासिन्दा पनि

  • १६ फाल्गुन २०७८, सोमबार

भक्तपुरको दुवाकोट अस्पताल र ललितपुर–४ स्थित नख्खुमा  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।      भ                 क्तपुरमा  आइतवार र ललितपुरमा बिहीबार केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ५ सय ६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्सरे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ ।

नख्खुमा पनि निःशुल्क स्वास्थ्य शिविर

केएमसी र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ७ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १ सय १३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।

केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर १ हजार १ सय ३ जना बिरामीको उपचार गरेको थियो ।