नि:शुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भए दुवाकोट र नक्खुका बासिन्दा पनि
- १६ फाल्गुन २०७८, सोमबार
भक्तपुरको दुवाकोट अस्पताल र ललितपुर–४ स्थित नख्खुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । भ क्तपुरमा आइतवार र ललितपुरमा बिहीबार केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ५ सय ६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्सरे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ ।
नख्खुमा पनि निःशुल्क स्वास्थ्य शिविर
केएमसी र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको छ ।
शिविरमा ७ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १ सय १३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।
केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर १ हजार १ सय ३ जना बिरामीको उपचार गरेको थियो ।