बाघदेवी, डल्लेचौर, महादेवस्थान र बुढानिलकण्ठमा केएमसीको शिविर, ३ हजारभन्दा बढीको उपचार

  • १३ चैत्र २०७८, आईतवार

काभ्रेको पाँचखाल नगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बाघदेवी मन्दिर परिषरमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले १ हजार १ सय ७२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २३३ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका २९ जनाको दाँतसमेत खोलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४४ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

महादेवस्थानमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं –३५ स्थित महादेव स्थानमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

जीवन्त फर्मा केयर एण्ड प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
फर्मा परिषरमा सञ्चालन भएको शिविरमा केएमसीका डाक्टरहरुले ९ सय ६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १ सय ९३ जनाको मिडियो एक्सरे, १ स्य २१ जनाको ल्याव टेस्ट र ८७ जनाको मुटुको जाँच गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
जेनेरल मेनेजर दाहालका अनुसार दाँतको समस्या लिएर शिविरमा आएका १८ जनाको दाँत फुकालिएको छ भने जटिल प्रकृतिको समस्या भएर शिविरमा उपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

डल्लेचौरमा पनि शिविर, ७ सय २१ बिरामी लाभान्वित
काठमाडौं महानगरपालिका–३० स्थित डल्लेचौरमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

वडा नंम्बर ३० स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

    प्रवर्धन केन्द्रको परिषरमा सञ्चालन भएको शिविरमा ७ सय २१ जना बिरामी लाभान्वित भएका छन् । जसमध्ये १ सय ८९ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ६३ जनाको भिडियो एक्सरे र १ सय ९ जनाको मुटुको जाँच (ईसीजी) पनि गरिएको छ ।
त्यस्तै दाँतको समस्या भएका २० जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका १५ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
बुढानिलकण्ठको स्वास्थ्य शिविरमा ९ सयभन्दा बढीको उपचार 
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –३ स्थित शिवपुरीको फेदीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गिरिजा प्रसाद कोइराला फाउन्डेसन  (क्षेत्र नंम्बर ४)  सँग सहकार्य गरेर शिविर सञ्चालन गरेको हो ।
बुढानिलकण्ठ मन्दिर परिषरमा सञ्चालन भएको शिविरमा ९ सय २१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १ सय ७७ जनाको भिडियो एक्सरे, १ सय ६३ जनाको ईसीजी र १ सय ५६ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतमा समस्या भएर शिविरमा उपचारका लागि आएका ४२ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।                    केएमसी अध्यक्षको रुपमा डा. सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।