कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

  • २१ चैत्र २०७८, सोमबार

मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९ सय ६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १ सय ८४ जनाको रक्त परीक्षण, १ सय १३ जनाको भिडियो एक्सरे र ६५ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।