मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले बिजयी

  • ३ जेष्ठ २०७९, मंगलवार

कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेका सितादेवी राजवंशी निर्वाचित भएका छन् ।

मंगलबार राति १० बजे घोषित मत परिणाम अनुसार चौधरी ६ हजार ५ सय ६५ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुभाषकुमार सरदारले ८ सय ३३ मत कम अर्थात् ५ हजार ६ सय ८२ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा निर्वाचित राजवंशीले ५ हजार ८ सय ४८ मत हासिल गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी मन्जिता कुमारी सरदारले ५ हजार ७ सय ०५ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका राजवंशीले सरदार भन्दा १४३ मत बढी ल्याइन् ।

यस्तै गाउँपालिकामा प्रमुख पदकालागि उम्मेदवारी दिएका अन्य दलका उम्मेदवारहरु मध्ये माओबादी केन्द्रका किशोरकुमार पाण्डेले ३५३७,जसपाका मृत्यूञ्जयकुमार झाले ११८२ मत पाएका छन् ।
कटहरी गाउँपालिकाको चारवटा वडामा एमाले, एउटामा काँग्रेस र एउटा वडामा जनता समाजबादी पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् ।