बिदुर र गोठाटारमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

  • २३ जेष्ठ २०७९, सोमबार

  कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९ सय २१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २ सय ३३ जनाको रक्त परीक्षण, १ सय ९६ जनाको भिडियो एक्सरे र १ सय ७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।
त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–८ मा पनि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

       भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीवार ९ सय ९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २ सय १ जनाको रक्त परीक्षण, १ सय ४२ जनाको भिडियो एक्सरे र १ सय २ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

       त्यस्तै शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । शिविर शुक्रवार पनि सञ्चालन हुनेछ ।

       डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।