बयरको रुखमा कसैले लड्काइदियो कि आफैं झुन्डिए तिन किशोरीहरु ?

  • ८ श्रावण २०७९, आईतवार

झापाको कचनकवलब – ५ मा रहस्यमय तरिकाले एउटै रूखमा पासो लागेर तीन किशोरीको परान गएको छ ।
एउटै रुखमा झुन्डिएर मर्नेमा १६ वर्षिया करिना, कल्पना र १७ वर्षिया अञ्जली गणेश छन् ।
नजिकैको चिया बगानमा काम गर्ने उनीहरू शनिबार दिउँसो १२ बजे सँगसँगै घरबाट निस्किएका थिए । तर बेलुका अबेरसम्म तिनैजना घर आएनन् । घर नआएपछि परिवार र आफन्तले सोधोखोजी गरे तर उनीहरूको पत्तो लागेन ।
आफन्तको घर गएको र आइतबार बिहान फर्कने आशमा परिवारजन बसे । तर आइतबार बिहान गाउँबाट पूर्व तर्फ रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा तीनैजना किशोरीहरु झुण्डीएको अवस्थामा मृत भेटिएको खबर पो आयो । एउटै गाउँका तीन किशोरी मृत भेटिएपछि गाउँ शोकमा डुबेको छ।

आइतबार बिहान चिया टिप्न जानेले तिनैजना झुण्डिएर मरिसकेको अबस्थामा देखेर खबर गरेका थिए । स्थानीय बासिन्दाका अनुसार दुई जना एउटै हाँगामा र अर्की एक जना उही रुखको अर्को हाँगामा झुन्डिएको अवस्थामा भेटिएका थिए । तिनजना मध्ये एउटीको घाँटीमा गाई बाँध्ने दाम्लो, अर्कीको घाँटीमा प्लाष्टिकको डोरी र अर्कीको घाँटीमा गम्छा थियोे ।
घटनास्थलबाट करिनाको घर करिब चार सय मिटर, कल्पनाको करिब २ सय मिटर र अञ्जको घर करिब दुई किलोमिटर मात्रै टाढा छ ।
उनीहरू आफैं झुन्डिए कि कसैले झुन्डयाइदियो भन्ने कुरा रहस्यमय छ ल सो घटना बारे अनुसन्धान भइ रहेकोे प्रहरीले जनाएको छ ।