नोबेलद्वारा पथरीका बृद्धबृद्धाको मुटु तथा फोक्सोको परीक्षण

  • ८ भाद्र २०७९, बुधबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराएको छ ।
गाउँमै बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर संचालक डा।सुनिल शर्माले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गराएका हुन् ।
शिविरमा स्थानीय १ सय ७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १ सय ६५ जना बृद्धबृद्धाको मुटुको जाँच इको गरिएको छ ।
जसमध्ये ५५ जना बृद्धबृद्धाको थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई नोबेल अस्पताल ल्याएर उपचार गरिने नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइएको छ । डा।शर्माले बृद्धबृद्धालाई अस्पताल ल्याउने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइदिएका छन् ।
बेलवारी निवासी डा। शर्माले बेलबारीसहित छिमेकी पालिकाहरु सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका विरामीहरुलाई बर्षौ अघिदेखि निःशुल्क एवं बिशेष छुटमा उपचार गराउँदै आएका छन् । डा।शर्माले अहिले सो क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।