भारतलाइ पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

  • ३१ भाद्र २०७९, शुक्रबार

 नेपाल छैटौं महिला साफ च्याम्पियन सिपको फाइनलमा  पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा  भारतलाई १-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालका लागि रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा प्रीति राईको पासमा रश्मिले गोल गरेकी थिइन् ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८- ० ले पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।

 सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश भिड्नेछन् । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।