कांग्रेस धनकुटाद्वारा निर्वाचन परिचालन समिति सहित विभिन्न समितिहरु गठन

  • १० कार्तिक २०७९, बिहीबार

नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराउन जिल्ला सभापति दिनेश राइको संयोजकत्वमा १ सय ५३ सदस्यीय मुल निर्वाचन परिचालन समिति तथा विभिन्न समितिहरु गठन गरेको छ ।

कांग्रेस धनकुटाको मुख्य निर्वाचन परिचालन समितिमा मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, अञ्जना ताम्ली, हरी कुमार राई, अग्नी प्रसाद पौडेल, अजित नारायण सिंह थापा, आनन्द सन्तोषी राई, निर्मल प्रसाद ओझा, सुनिल कुमार डंगोल, जयन्द्र घिसिङ्ग, रोशन श्रेष्ठ, गिरजा प्रसाद दाहाल, सरस्वती मगर, खगेन्द्र प्रसाद घिमिरे, उदय लिम्बु, कमट कुमार फागु, टिका भण्डारी, विकास घिमिरे, दुर्गा सुवेदी, मिन वहादुर कार्की, श्रीराम रायमाझी, मदन घिमिरे लगायत छन् ।

बिजय सन्तोषी सचिव रहेको समितिमा महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्य समितिका सदस्यहरु, प्रदेश सभाका क्षेत्रिय सभापतिहरु, पालिका सभापतिहरु लगायत जिल्लामा क्रियाशिल सवै नेताहरु रहेको कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताए ।

यसैगरी कांग्रेस धनकुटाले उपसभापति निर्मल ओझाको संयोजकत्वमा निर्वाचन अनुगम समिति, उपसभापति सुनिल डंगोलको संयोजकत्वमा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम समिति, सचिव विजय सन्तोषी राईको संयोजकत्वमा कार्यक्रम निर्माण र प्रदेश क्षेत्र नं. १ को कार्यक्रम व्यवस्थापन रुट निर्माण समिति तथा घोषणा पत्र निर्माण समिति र सचिव विजय सन्तोषी राई संयोजक र सदस्य सचिव मदन घिमिरे रहनु भएको निर्वाचन सचिवालय समिति समेत बनाएको छ ।

यस्तै गरी अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गको संयोजकत्वमा कार्यक्रम निर्माण तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को कार्यक्रम व्यवस्थापन तथा रुढ निर्माण समिति गठन गरेको छ ।

यसैगरी कोषाध्यक्ष सरस्वती मगरको संयोजकत्वमा आर्थिक समिति र प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । भने नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको संयोजकत्वमा महिला परिचालन समिति र यूवा नेता अमित लो तामागको संयोजकत्वमा यूवा परिचालन समिति समेत गठनगरी महिला र यूवाहरुलाई व्यापक परिचालन गरेको छ ।

धनकुटा जिल्लामा लोकतान्त्रिक बाम गठबन्धन (सत्ता गठबन्धन) का प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवार सुनिल वहादुर थापा, प्रदेश सभा क्षेत्र नंं १ का प्रत्यक्ष उम्मेदवार अर्जुन राई र प्रदेश सभा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार कुसुम कुमारी श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन अहिले नेपाली कांग्रेस धनकुटा लगायत गठबन्धनमा सम्वद्ध दलहरुले जिल्लाभरीनै भेटघाट, प्रशिक्षण लगायतका विभिन्न अभियान संचालन गरिरहेको निर्वाचन परिचालन समितिका सदस्य सचिव विजय सन्तोषी राईले वताए ।