बाबुराम भन्छन् भावी प्रधानमन्त्री प्रचण्ड नै हो

  • १५ कार्तिक २०७९, मंगलवार

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन्  ।

आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन्  । तीन दिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अवको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर बाटो कालोपत्रे गरिने छ अध्यक्ष प्रचण्डले भने।
गोरखाको धुवाँकोटमा नै बसेर माओवादी पार्टीको परिकल्पना गरेको र आज यो स्थानसम्म आएको बताउँदै प्रचण्डले यहाँ आएर निर्वाचनमा उम्मेदवारी दिने धेरै पहिला देखिको योजना यसपटक पुरा भएको बताए ।

गोरखाले गण्डकी प्रदेशको मुख्यमन्त्री र केन्द्रिय सरकारको नेतृत्व एकै साथ प्राप्त गर्ने सम्भावना रहेको उनले बताए ।
प्रचण्ड भावी प्रधानमन्त्री : बाबुराम
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् ।

गोरखाको विरुवाटारमा  मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहाल सहित पुगेका भट्टराईले सो कुरा बताएका हुन्  ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको स्मरण गर्दै भट्टराईले तर एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन भनेर आफु उम्मेदवार नभएको बताए ।आफु अरु कुनै ढंगले सक्रिय हुने भट्टराईले बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज पाण्डेले पनि गोरखाले प्रधानमन्त्री पाउनेमा कुनै शंका नरहेको बताए ।