काजु खेती तथा बिरुवा उत्पादनबाट प्रसस्त आम्दानी गर्दै पथरीका एक कृषक

उप प्रमुखद्वारा अबलोकन

  • ३ श्रावण २०८१, बिहीबार

मोरङ पथरी शनिश्चरे–३ का भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा समेत उत्पादन गर्न थालेका छन् ।

केही बर्षअघि भारतबाट बिरुवा ल्याएर काजु खेती गर्न थालेका पोख्रेलको खेतीमा तीन वर्षअघि काजु फल्न फल्न सुरु गरेको थियो । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको पोख्रेलले बताएका छन् । पूर्वशिक्षक समेत रहेका पोख्रेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न नगरपालिकासँग आग्रह गरेका छन् ।

पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको चर्चा सुनेपछि पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले बिहीबार काजु खेती र काजुको विरुवा उत्पादनको अबलोकन गरेकी छिन् ।

काजु खेती अबलोकनका क्रममा  उप–प्रमुख काफ्लेले सबैसँग सरसल्लाह पश्चात् नगरबाट काजु खेतीको लागि केही न केही कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जाहेर गरेकी छिन् । अबलोकन भ्रमणमा कृषि शाखा प्रमुख सविना राई लगायतको पनि उपस्थिति थियो ।