संघीय सरकारका मन्त्री तथा नेताहरूसँग भेटघाट गर्दै कांग्रेस धनकुटाको टोली

  • ११ श्रावण २०८१, शुक्रबार

नेपाली कांग्रेस धनकुटाको एक टोलीले संघीय सरकारका मन्त्री तथा नेताहरूसँगको भेटघाट तीब्र पारेका छन् ।
टोलीले साउन ७ गते गृह मन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री तथा कांग्रेसका यूवा नेता प्रदिप पौडेल भेटेको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु,सम्र्पक समितिका सभापति भिम वहादुर थापा,नेपाल टे«ड युयिनन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विर्मशमान अमात्यले आज गृह मन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेललाई मन्त्रालय काठमाण्डौमा भेटघाट गरी बधाई ज्ञापन गर्दै शान्ति सुरक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
अर्को दिन साउन ८ गते सो टोलीले उर्जा,जलश्रोत तथा सिचार्य मन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता दिपक खड्का भेटघाट गरी बधाई ज्ञापन गर्दै धनकुटा जिल्लामा विद्युत विस्तार हुन बाकी स्थानहरुमा विस्तार गर्न र विशेष सिचाई योजनाहरु संचालन गर्न अनुरोध गरेको थियो ।

धनकुटाको टोलीले साउन ९ गते राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडासंग भेटघाट र छलफल गरेको थियो ।
टोलीले भेटघाट गरी सुशासन लगायत विभिन्न विषयहरुमा छलफल गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
त्यसैगरी धनकुटेली टोलीले साउन १० गते ,बन तथा वातावरण मन्त्री ऐन वहादुर शाही ठकुरीसँग मन्त्रालयमै भेघाट गरी बधाई र लोकप्रिय कार्यकालको लागी शुभकामना दिएको छ ।
बन मन्त्री शाही र नेपाली कांग्रेस धनकुटाका टोली विच बन तथा वातावरणको संरक्षणको विषयमा छलफल समेत भएको बताइएको छ ।