बिपी स्मृति दिवसमा अमना सिसौली सामुदायिक वनमा रोपिए हजारभन्दा बढी

  • १६ श्रावण २०८१, बुधबार

४२ औँ बिपी  स्मृति दिवसमा बेलबारी १ अमना सिसौली सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बेलबा री क्षेत्रमा बढ्दो हा त्ती आतंक न्यूनीकरण गर्ने उद्देश्यले  कटर, अम्बा , जामुन लगायतका १ हजार बढी बिरुवा रोपिएको
हो । नेपाल तरुण दल, जिल्ला कार्य समिति मोरङ र नेवि संघ जिल्ला समितिको संयुक्त आयोजना  र कोशी  प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की प्रमुख  सोमबार बिहान बिरुवा रोपिएको थियो  ।
कार्यक्रमको प्रमुख अतिथि  पूर्व मुख्यमन्त्री कार्कीले  देश नै हरियाली हुने गरी बि रुवा रोपिए पनि त्यसलाई संरक्षण गर्न नसकिएकोमा दुखदु व्यक्त गरे । उनले
विगतका दिनमा गरिएका वृक्षारोपण कार्यक्रम फोटो खिचाउने काममा मा त्रै सीमित रहेको भन्दै अमना सिसौली सामुदायिक वनला ई
रोपिएका बिरुवा जोगाउन तर्फ गम्भी र बन्न सुझाव दिए ।
कांग्रेस बेलबारी कार्यसमितिको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, नेता कार्यकर्ता , जनप्रतिनिधिहरू, डिभिजन वनका प्रतिनिधि तथा अमना सिसौलि वनका कार्यसमिति पदाधिकारी साथै स्थानीय सहित सयभन्दा बढीको उपस्थिति  थियो ।