प्रहरीको सक्रियताबाट पथरीशनिश्चरे र कानेपाेखरी क्षेत्रमा १३ जना अभियुक्तहरु पक्राउ

  • ७ भाद्र २०८१, शुक्रबार

इलाका प्रहरी कार्यालय पथरीले एकहप्ता भित्र लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ ।

आज इलाका प्रहरीकार्यालय पथरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएको १३ जना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर, सालकको खपटा, उनिहरुले प्रयोग गर्ने भारतीय मोटर साइकल र अटटो पनि बरामद गरेको हो ।

इप्रका पथरीले भाद्र १ गते मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ बाट मोटरसाईकलमा सवार दुई जनालाई अवैध वन्यजन्तु सालकको ८सय ५० ग्राम खपेटासहित पक्राउ गरेको थियो । रंगेली नगरपालिका –१ बस्ने बर्ष ४५ को गगन गच्छदार र सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को बासुदेव सरदारलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेका प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटर साईकल पनि बरामद गरिएको छ ।

त्यस्तै, भदौ १ गते अवैध प्लाटिकको बोरामा २ केजी ९ केजी ८८ ग्राम, सेतो प्लाष्टिकमा ७ सय ४४ ग्राम, कालो प्लाष्टिकमा ८७२ ग्राम गरी जम्मा ४ केजी ५ सय ८४ ग्राम सालकको खपेटा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर बेलका –३ बस्ने बर्ष ४८ को कृष्णराज मगर, बेलका –६ बस्ने डिक बहादुर पुर्व छाने मगर र सप्तरी कृष्णसवरण गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५५ को उमेश प्रसाद चौधरीलाई दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै साउन ३० गते पथरी शनिश्चरे –४ बस्ने बर्ष ३२ को सिमन परियारलाई लागू औषध सहित पक्राउ गरेका थिए । ट्रमाडोल ११ सय १० क्याप्सुल र डिकोलिक ६,६०० चक्की सहित परियारलाई विहान ९ः३० बजे पक्राउ गरिएको प्रहरीले बताएका छन् । पथरी शनिश्चरे –६ बस्ने हेमराज चन्द्रबंशीलाई दिर्दै गरेको अवस्थामा पक्राउ गरेको हो भने हेमराज चन्द्रबंशी भने फरार रहेको इप्रका पथरीका डिएसपी मोहन विक्रम दाहालले बताए । लागूऔषध बोकेको परियारको को २ ह १६१५ नम्बरको अटो पनि प्रहरीको नियन्त्रणमा छ ।

गत साउन ३१ गते भारतबाट नेपालमा लागूऔषध बिक्री गर्न आएका तीन भारतीय नागरिकलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । साँझ ६:३० बजेको समयमा विहार प्रान्त जिल्ला अररिया बस्ने बर्ष २४ को मिथलेस कुमार मण्डल, बर्ष २६ का भास्कर कुमार शर्मा र बर्ष २५ को सौरव कुमार पासवानलाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेका बिआर ३८ एल ९३०९ नम्बरको भारतीय मोटरसाइकल पनि बरामद गरेका थिए । यसैगरी, साउन २० गते मोरङको पथरी शनिश्चरेमा दुई जना भारतीय नागरीकलाई ७ ग्राम १७ मिलिग्राम (ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । उनीहरलाई साँझ ६ : ३० बजे पथरी शनिश्चरे–१० बाट रंगेली नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को अभय कुमार भास्कर र सुनबर्षी नगरपालिका –७ बस्ने बर्ष १९ को हयत अलीलाई पक्राउ गरेको थियो । उनीहरुले प्रयोग गरेका बिआर ३८ डी ७८८९ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए । मोटरसाईकलको इन्डीकेटरमा लुकाई छिपाई बिक्रि गर्न ल्याउर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै साउन २१ गते एक जना युवालाई ४ ग्राम ४८० मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित पक्राउ गरिएको थियो । पथरी शनिश्चरे –८ बस्ने बर्ष २५ को दिपेश माझीलाई पक्राउ गरिएको हो । माझीलाई राती ११ः३० बजे पक्राउ गरिएको थियो । त्यस्तै साउन १९ गते ४ ग्राम ९५ मिलिग्राम(ब्राउन सुगर) लागूऔषध सहित भारत अररिय बस्ने २१ बर्षीय मोहम्द ईसराकलाई पक्राउ गरिएको थियो । उनलाई दिउँसो २ बजे कानेपोखरी गाउँपाकिला वडा नं. २ बाट पक्राउ गरिएको हो । उनको साथबाट लागूऔषध सहित बिआर ३८ डि एबि ४१३५ नम्बरको भारतीय मोटरसाईकल पनि बरामद गरेका थिए ।

वन्यजन्तु तस्करी सम्बन्धी प्रहरीले वन कार्यालयसँग समन्वय गरी अनुसन्धान अघि बढाएको जनाएको छ भने लागूऔषध लगायत सबै घटनाहरूमा थप अनुसन्धान भइरहेको इप्रका प्रहरीले जनाएको छ । साेही कार्यक्रम नगरपालिकाका प्रमुख माेहनप्रसाद तुम्वापाे ,उपप्रमुख देवीमाया काफ्ले, माेरङ्गका एसपी नवराज कार्कि र वडा नं-१० का वडाध्यक्ष जीवन खतिवडा लगायतको उपस्थिति रहेको थियाे।