सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी

  • २३ भाद्र २०८१, आईतवार

सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ।
बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे।
उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ । बेलचौरी फुटबल क्लबका जर्सी न १४ का अनिश लिम्बुले खेलको १८ औ मिनेटमा टिमलाई १-० गोल बनाएका थिए । सिसौली युथ क्लबले प गोल फर्काउन दबाब दिएपनि बेलचौरी फुटबल क्लबका लागि अनिश लिम्बुले गरेको गोल नै निर्णायक भयो ।
जितसँगै बेलचौरी फुटबल क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ। भोलि भाद्र २३ गते साइड बि बाट बेलबारी फुटबल क्लब र लेटाङ्ग फुटबल क्लबबीच हुने छ।
सिसौली फुटबल क्लबका अध्यक्ष सुमन धिमालले बालबालिकाहरु अहिले बेलबारीमा लागु औषधको सिकार हुदै गएको अवस्थालाई मध्य नजर गर्दै लागु औषध प्रयोगबाट न्यूनीकरण गर्ने उद्देश्यले १४ देखि १६ बर्षका बालबालिकालाई खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरिएको बताए।
उक्त प्रतियोगिताबाट बिजेताले ५१००० नगद्सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपविजेताले ३१००० नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने छ। प्रतियोगिताको फाइनल खेल भाद्र २९ गते हुने आयोजकले जनाएको छ।