ईलाका प्रहरी कार्यालय बेलबारीमा नयाँ ईन्स्पेक्टर

  • २८ भाद्र २०८१, शुक्रबार

ईलाका प्रहरी कार्यलय बेलबारीको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कृष्णबहादुर खत्री आएका छन ।
यसअघिका ईन्स्पेक्टर तेजबहादुर दाहाल आफनो कार्यकाल पुरा गरी बिदा भएका छन ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंले भदौ १७ गते ईन्स्पेक्टर दाहालको सरुवा गर्दै उनको ठाँउमा खत्रीलाई कार्यलय प्रमुखका रुपमा पठाएको थियो ।