महिलाहरुद्वारा संचालित अष्टलक्ष्मी साकोसको १८औ साधारण सभा भव्यताका साथ सम्पन्न
- ४ आश्विन २०८१, शुक्रबार
पथरी शनिश्चरे,समाचारदाता / महिलाहरु मात्रै शेयर सदस्य रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। हाल २ हजार २४ जना शेयर सदस्य रहेको साकोसको हाल शेयर पुँजी १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ , कुल बचत १० करोड ५१ लाख १९ हजार १० र ऋण लगानी ९ करोड १४ लाख १७हजार ६ सय ४० रूपैयाँ रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
सोही अवसरमा संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को एक करोड ४४ लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। साकोसले आयकर पछिको १८ लाख ७१ हजार १ सय १५ रूपैयाँ शुद्ध नाफा गरेको छ ।
साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र पूर्वअध्यक्ष वीना राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको सो साधारणसभामा जेष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बालबचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।