झण्डै डेढ करोड लागतमा कानेपोखरी गा.पा. ले २० विपन्न परिवारलाई बनाइदियो घर

  • ६ आश्विन २०८१, आईतवार

पथरीशनिश्चरे, समाचारदाता / मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ।
आज एक विशेष समारोहको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरेको हो।
कानेपोखरी -२ , प्रधान टोलमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति ईङ्नाम मोरङ क्षेत्र -२ का संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलको प्रमुख आतिथ्यमा १० वटा पक्की दुई कोठे आवास निर्माण गरी गाउँपालिकाका अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
विसं २०७८ मा नै तत्कालीन गाउँपालिका- नेतृत्वले करिव १ विगाहा क्षेत्रफल खरीद गरेकाे स्थलमा आर्थिक वर्ष २०८०/०८१ मा कूल १० वटा घर टहरा बनाई २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको थियो।
यी आवासको निर्माण खर्चिएर १ करोड ३२ लाख रुपैयाँ बराबरको लागतमा भएको हो।
सोहि क्रममा संविधान दिवसको अवसरमा सुकुम्बासी आयोग बन्ने क्रममा रहेको र नागरिकता सम्वन्धी समस्या समाधानका लागि एक समिति बनेको र हल हुने विश्वास व्यक्त गरेका छन्।
उहाँले विपन्न वर्गका नानीबाबुहरूको शिक्षाको आधार पालिका, प्रदेश र संघीय सरकारले गर्नु पर्ने कुरा बताउनुभएको छ। सडक, पुल र अपुरो खानेपानी परियोजना आदिमा पालिकासँग एक भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो। स्कुल , अस्पताल, शिक्षा क्षेत्रलाई राजनीति विना पुर्वाग्राही भएर लाग्नुपर्ने बताउनु भयाे । भ्रष्टाचार उन्मुलन तथा सुशासन संस्थागत गर्न एनसेल, धितोपत्र वोर्ड, लगायत घरको दयरामा आउदै गएको बताउनुभयो । एक अर्को फरक प्रसङ्गमा उहाँले आफूलाई विभिन्न आरोप लान्छना लगाएको भन्दै आफ्नो चरित्र हत्या गरिएको भनी खेद प्रकट गर्नुभयो। उहाँले आफ्ना जनताहरूले दिएको मतदानलाई ईमानका साथ जिम्मेवारी बहन गर्ने बताउनुभयो।
सोहि क्रममा उपाध्यक्ष भोलानाथ अधिकारी वर्षौदेखि लालपुर्जा विहीन जनताहरूलाई सुकुम्बासी समस्या समाधानका लागि संघीय सरकार समक्ष पहल गरिदिन अनुरोध गर्नुभयो। करिब १ हजार लालपुर्जा वितरण गर्न तयारी अवस्थामा राखिएका छन् । उच्चस्तरीय विशेष सुकुम्बासी समस्या आयोग निर्माण भई भूमिहीनलाई लालपुर्जा प्रदान गर्न राज्यले भूमिहीन तथा सुकुम्बासी आयोग बनाउनुपर्ने भनाई राख्नुभयो। अति विपन्न राज कुमार राई लगायतका ५ जना अग्रज समाजसेवी कदरपत्र सहित सम्मानित गरिएको थियो ।

गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्नामको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा विगतमा निकै ठूलो योगदान दिनु हुने विभिन्न पाँच सामाजिक व्यक्तित्वहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उक्त अवसरमा पालिकाको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव लगायतको उपस्थितिमा विभिन्न सांस्कृतिक नृत्यहरू तथा तथा विभिन्न जातिहरूको सांस्कृतिक नृत्यहरू प्रस्तुत भएका थिए।