भोजपुरलाइ ३–० ले हराउँदै झापा ११ बेलबारी गोल्डकपको सेमीफाइनलमा 

  • ४ कार्तिक २०८१, आईतवार

झापा ११ फुटबल क्लव ,भोजपुर फुटबल क्लवलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ  ।

झापाकाे जितका लागि निरज कार्कीले १ गाेल र प्रदीप बुढाथोकीले २ गाेल गरे । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भाेजपुर बिरुद्ध गाेल गरे ।निरजले पाेष्टमा प्रहार गरेको बल भाेजपुरका खेलाडी सन्जय लिम्बूले  गाेललाइनबाट ब्याक पास गरेका थिए ।तर, उक्त बललाई निरजले नियन्त्रणमा लिई  सिँधै गाेलपाेष्टकाे जालि चुमाए ।

मध्यान्तर अघि १-० ले अग्रता कायम गरेको झापाले ७५ ओैं मिनेटमा १ गाेल थप्याे । झापाका प्रदीप बुढाथोकीले मैदानकाे मध्यभागबाट प्रहार गरेको बल गाेलमा परिणत भएको थियो । अतिरिक्त समयमा झापाका प्रदीप बुढाथोकीले थप १ गाेल गर्दै टिमकाे सेमिफाइनल यात्रा तय गराएका थिए ।

आइतबारको खेलमा झापाका निरज कार्की म्यान अफ द म्याच घोषित भए ।  उनलाई  शिवसतासी  नगरपालिका झापाका नगर प्रमुख राेशन थाेप्राले  नगद ५ हजार र ट्रफि प्रदान गरे । झापाको यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा झापाले कन्चनजंघा क्लब सिलगुडीलाइ पराजित गरेको थियो ।

सोमबार चित्लाङ फुटबल क्लव काठमाडौं र राजारानी फुटबल क्लव धनकुटा  बिच खेल हुनेछ ।

प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।