भारतलाई हराउँदै महिला च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

  • ११ कार्तिक २०८१, आईतवार

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको सेमिफाइनल खेलमा टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ गोलले बराबर भएपछि ट्राइब्रेकरमा नेपालले भारतलाई ४–२ ले पराजित गर्दै फाइनल खेलको यात्रा सुनिश्चित गरेको हो ।

पहिलो हाप गोलरहित बराबरी भएपनि ​दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालकी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड पाई मैदान छाडेपछि दर्शकले मैदानमा पानीका बोतल फालेका थिए। केही बेरको बिवादपछि रोकिएको  खेल शुरु हुनेबित्तिकै १० खेलाडीमा सिमित नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै  नेपाललाई बराबरीमा पुर्याएकी थिइन्।

गोल गरेपछि साम्बाले जर्सी फुकालेर खुशीयाली मनाउँदा पहेँलो कार्ड खानु पर्‍यो। नेपालले त्यसपछि भारतमाथि दबाब दिएको भए पनि गोल थप्न सकेन । भारतले पनि थप गोल गर्न सकेन।

दशरथ रंगशालामा साँझ शुरु भएको खेलको दोस्रो हाफमा तनाव उत्पन्न भएपछि करिब १ घण्टा खेल रोकिएको थियो।

यसपछि करिब १५ मिनेट खेल अवरुद्ध भयो। रेखा मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो।

भारतले गोल गरेको एक मिनेटपछि नेपालले गोल फर्काए पनि रेफ्रीले मान्यता दिएनन् । त्यसपछि गोल बराबर हुनगई खेल  ट्राइब्रेकर  खेल हेर्न रंगशालामा करिब १६ हजार दर्शक पुगेका थिए।