प्रिन्सिपलको कुटाईबाट बिद्यार्थीले गुमाए आँखाको ज्योति
- ७ बैशाख २०८२, आईतवार
मोरङको बेलबारी ९ मा रहेको एउटा बिद्यालयका प्रिन्सिपलको कुटाईबाट एक बिद्यार्थीले यतिबेला आफनो देब्रे आँखा नै गुमाउनु परेको छ ।
घटना केही महिना अघिको हो । घटना लुकाउन बिद्यालयले बिद्यार्थीको उपचार गराउने भन्दै परिवारलाई समेत प्रलोभनमा पारी घटना सामसुम राखेको थियो । तर ति बिद्यार्थीको देब्रे आँखा पुर्ण रुपमा देख्न नसक्ने र अप्रेसन गर्दा समेत उनले नजिकको बस्तुमात्र देख्न सक्ने चिकित्सकहरुले बताएपछि घटना बाहिर आएको छ ।
बेलबारी ९ स्थित डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध नामको स्कुलका प्रिन्सिपल मणिकुमार तामाङले कक्षा ८ मा अध्यायरत बिद्यार्थी १३ बर्षिय आर्यन थारुलाई भाटाले हान्दा ति बिद्यार्थीले दृष्टि नै गुमाएका छन । लामो समय सम्म उपचार गराएर कक्षा ८ को परिक्षामा सामेल भएका उनले १ बिषय लगाएका छन । उनले आँखाले केही पनि देख्न छोडेपछि पढन र अन्य सामान्य हिँडडुल गर्न समेत समस्या भएको बताए ।
कक्षामा अन्य साथीहरु हल्ला गरेर बसिरहेका थिए,त्यो बेला आर्यन पढदै बसेका थिए,त्यहि बेला बिद्यालयका प्रिन्सिपल तामाङले अन्य साथीहरुलाई बर्साएको भाटाले आर्यानको आँखामा लाग्यो,उनलाई आँखा हेर्न कठिन भयो,त्यसपछि उनलाई बिराटनगरस्थित तापडियाको क्लििनक हुँदै बिराटनगर आँखा अस्पताल सम्म पुर्याईयो । त्याँहा उनको आँखाको ज्योति गुमिसकेको बताएपछि उनलाई काठमाण्डौको तिलगंगा पुर्याईयो । तिलगंगाले उनले ज्योति गुमिसकेका कारण अप्रेसन गर्नुपर्ने र अप्रेसन गर्दा पनि १ सय मिटर भन्दा टाढा देख्न नसक्ने बताएको आर्यनकी आमा आशा थारु बताउँछिन ।
आर्यनका बुबा बैदेशिक रोजगारीका लागि लामो समयदेखि मलेशियामा बस्छन । बिद्यालयले सबै उपचार खर्च दिने,उनलाई पढुञ्जेल पढाईदिने बताएको र कसैलाई नभन्नु भनेका कारण सो घटनाबारे कसैलाई नभनेको आशा बताउँछिन । यस बिषयमा प्रिन्सिपल तामाङ आफुबाट कमीकमजोरी भएको स्वीकार गर्छन । उनले आफुबाट गल्ति भएको बताए । बिद्यालयका प्रिन्सिपलबाटै बिद्यार्थीहरुले यातना भोग्न थालेपछि अभिभावकहरु भने त्रासमा छन ।





