गृहिणी अनि जागिरे हुँदै गायिकासम्मकाे दुर्गाको यात्रा (भिडियो सहित)

  • ५ भाद्र २०७५, मंगलवार

केशु विरही

उनी एउटी गृहिणी हुन् । दुई सन्तानकी अामा । एक छाेरा एक छाेरी । छाेरा छाेरी मात्र नभएर बुढा भएका ससुराबुबा र श्रीमानका लागि खाना वनाउने र गृहस्थीका लागि अावस्यक पर्ने जिमेमेवारी पनि उनकै काधमा छ । त्यसाे त उनकाे काँधमा जिम्मेवारी समाजसेवा र नाेकरी पजि उनकाे काँधमा छ । तर उनलै यी सबै जिम्मेवारीलाई सहज रुपमा निर्वाह गर्दै अाएकी छिन ।

साथै उनकाे काँधमा अहिले एउटा नयाँ जिम्मेवारी थपिएकाे छ त्याे हाे एउटी गायिकाकाे जिम्मेवारी पनि ।

उनी अर्थात दुर्गा न्याैपाने रुपाखेती ।

बेेेेलबारी नगरपालिका वार्ल्ड नं २, लालभित्ती निवासी दुर्गासँग गितसङ्गितकाे साेख सानैदेखिकाे हाे तर अवसरकाे अभावमा उनकाे साेखले माैलाउने अवसर पाएकै थिएन । तर यसपालि भने उनकाे बाल्यकालदेखिकै साेख पूरा हुने भएकाे छ ।

सानैदेखि गित सङ्गितकाे साेख रहेपनि अवसरकाे नपाउँदा त्याे साेख पूरा गर्न नसकिरहेकाे अवस्थामा यसपालि भने उनकाे साेख पूरा भएरै छाड्ने भएकाे छ ।

दुर्गा न्याैपाने रुपाखेती एक गृहिणी हुन । उनका एक छाेरी र एक छाेरा छन् । २ सन्तान, श्रीमान र ससुर बुबा गरी पाँच जनाकाे परिवारकाे लागि घरायसी जिम्मा उनकाे कांधमा छ । उनले जिम्मेवारी वखुवी तरिकाले निभाउदै अाएका छन् ।

एउटी गृहिणी भएर पनि उनले घरगृहस्थीका अतिरिक्त समाजसेवामा पनि समय दिने गरेकी छिन । उनी हाल लालभित्ती साकाेसकी कार्यसमिति सदस्य तथा गाेल्डेन फ्युचर संस्थामा व्यवस्थापकका रुपमा कार्यरत छिन । यसका अतिरिक्त उनले “मायालु हातहरु” नामक संस्थाकी सचिव समेत भएर काम गरिसकेकी छिन ।

घर गृहस्थी, जागिर तथा समाजसेवालाई त्रिकाेणात्मक भूमिकालाई सफल रुपमा निभाउँदै उनी पछिल्लाे समयमा गायिकाकाे रुपमा समाजमा उदाएकी हुन ।

उनकाे …. बाेलकाे तिजकाे गित रेकड भैसकेकाे छ । साथै साे गितलाई भिजुवल गरिदै छ ।

उनी अाफूलाई गायनमा अाउनमा स्थानीय गायक सन्जिव धिमालकाे ठूलाे हात रहेकाे वताउँछिन । गायन तथा गितकाे सङ्गितमा सन्जिवकाे सहयाेगलाई उनी भुल्न सक्दिनन् ।

उनकाे छायांकन भैरहेकाे गित धनकुटा तथा बेलबारीका रमिते पर्टकीय क्षेत्र र सिंहदेवि मन्दिरमा छायांकन भरहेकाे छ ।

चाँडै वजारमा अाउन लागेकाे गितकाे शब्द, स्वर तथा सङ्गगित तिनै गायिका अाफ्नै रहेकाे छ भने यस गितकाे भिडियाेकाे निर्देशन विशाल हुमाँगाईले गरेका छन् भने काेरियाेग्राफी प्रविन गिरीकाे रहेकाे छ ।

याे गितकाे नृत्यमा स्थानीय सन्जु हुँमागाइँ, बन्दना बस्नेत, शान्तिला डाँगी, तारा थापा, कमला कटुवाल, सिर्जना बस्नेत लगायतकाले माेडलकाे भूमिका निभाएका छन् ।

पछिल्लाे समयमा यस्ता गितकाे अडियाे मात्र नभएर भिडियाे नै निकाल्ने क्रम वढ्दाे छ ।

अडियाेकाे साथ साथै भिजुवलनै किन निकाल्नु पर्याे भन्ने सवालमा गित सुनेरभन्दा हेरेर रमाईलाे मान्ने हुँदा अाफूले भिडियाेमा लगानी गरेकाे गायिका वताउँछिन ।

यस अघि पनि बेलबारीक तारा पराजुलीकाे शब्द, दुर्गा पराजुलीकाे सङ्गीत र गायिका यमुना पराजुलीकाे स्वरकाे अर्काे तिज गितकाे पनि छायंकन पश्चात् बजारमा अाउने तयारीमा रहेकाे छ ।