राष्ट्रिय गीतको नृत्यमा मोरङ चिनारी र लोक नृत्यमा आदर्श स्कुल प्रथम
- ७ माघ २०८१, सोमबार
बेलबारीमा सप्पन्न प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीका क्रममा राष्ट्रिय भाबका गीतको नृत्य प्रतियोगितामा मोरङ चिनारी बोर्डिङ स्कुल र लोकनृत्य प्रतियोगिता आदर्श इङ्ग्लिस स्कुल प्रथम भएका छन् ।
बेलबारी नगरपालिकाको आयोजनामा माघ ३ गतेबाट सुरु भएको शैक्षिक प्रदर्शनीका क्रममा ४ गते भएको जुनियर राष्ट्रिय गीतमा नृत्य र ५ गते सम्पन्न सिनियर लोक नृत्य प्रतियोगितामा ती विद्यालयले सिनियर र जुनियरतर्फ प्रथम स्थान प्राप्त गरेका हुन् ।
जुनियरतर्फ ३१ वटा विद्यालयलाईपछि पार्दै जुनियरतर्फ राष्ट्रिय गीतको नृत्यमा बेलबारी २ को मोरङ चिनारी स्कुल प्रथम हुँदा डाँगीहाट लिटिल बुद्ध इङ्ग्लिस स्कुल दोस्रो , डेल्टा इङ्ग्लिस स्कुल, बेलबारी ४ तेस्रो भएका छन् । स्थान त्यस्तै लक्ष्मीमार्गको माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुल र आदर्श इङ्ग्लिस स्कुल, बेलबारी १ ले चौथो र पाँचौँ स्थानको सान्त्वना प्राप्त गरेका छन् ।
त्यसैगरी २४ ओटा विद्यालयलाई पछि पार्दै सिनियरतर्फको लोक नृत्य प्रतियोगितामा आदर्श इङ्ग्लिस स्कुल, बेलबारी १ प्रथम, गुरुकुल इङ्ग्लिस स्कुल, बेलबारी ३ द्वितीय, डेल्टा इङ्ग्लिस स्कुल, बेलबारी ४ तृतीय भएका छन् । सो प्रतियोगितामा धनपाल मावि, बेलबारी –५ र जनता नमुना मावि, बेलबारी –९ चौथो र पाँचौँ भएका छन् ।
प्रदर्शनीको तेस्रो दिन शनिवार सिनिरयतर्फको नृत्य प्रतियोगिता प्रस्तुत भएको थियो । सोही दिन भगवती मावि, बेलबारी ३ र जनता नमुना माविका विद्यार्थीहरूको नाटक प्रहसन गरेका थिए । बेलबारी नगरपालिकाको आयोजनामा बिहीबारदेखि जारी प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।



