मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

  • २० भाद्र २०७५, बुधबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् ।

 क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि  विद्यार्थी जुर्मुराएका हुन् ।

सुकुना बहुमुखी क्याम्पसका विद्यार्थी  तथा स्थानीय मिलन घिमिरेका अनुसार स्ववियुले आज र भोलि अर्थात बुधबार र बिहीबार  अाफ्नै कलेजभित्र अार्थिक संकलन गर्नेछ र त्यसपछि बाहिर समाजमा पनि उनकाे सहयाेगकाे लागि अार्थिक सहयाेग संकलन गरिनेछ ।

विद्यार्थीले संचालन गरेकाे मानवीय कार्यमा सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई खुसी छन् । उनी विद्यार्थीकाे याे कार्यलाई क्याम्पसकाे पूर्ण सहयाेग रहने र सबैलाई सहयाेग पुर्याउन पनि अाग्रह गर्छन ।

चौधरीकाे अार्थिक अवस्था त्यति राम्राे छैन। परिवारलाई उनलाई निकाे भएर अरुजस्तै हिडडुल गरेकाे हेर्न चाहन्छन् । तर अार्थिक अवस्था उनीहरुकाे विचमा तगाराे भएर अाईदिएकाे छ । परिवारले उनकाे जीवन वचाईदिन समाजसँग गुहार मागिरहेका छन् ।

उनी विगत २ वर्षदेखि अाेछ्यानमा छन् । अार्थिक अवस्था कमजाेर भएकाेले केही सहयाेग गर्न सकिन्छ कि भनेर अाफूहरु लागिरहेकाे घिमिरे वताउँछन् ।