पूर्वका बजारमा छ्याप्छ्याप्ती हुन थालेछन् अखाध्य बस्तु

  • २४ आश्विन २०७५, बुधबार

बेलबारी बजारमा अखाध्य बस्तु छ्याप्छाप्ती भेटिएका छन । मगलबार गरीएको अनुगमनमा बेच्न राखिएको मिठाई पसलमा झिगा भेटिएको छ भने अन्य केहि किराना पसलमा म्याद गुज्रिएका सामगी्र भेटिएको बजार अनुगमन समितिका सयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए ।

केहि जुत्ता चप्पल तथा फेन्सि कपडा पसलमा गरीएको अनुगमनमा तेब्बर सम्म ब्यापारीले रकम लिने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ । म्याद गुज्रिएका समाग्री तथा अखाध्य बस्तुलाई आजै नष्ट गरीएको समितिले जनाए को छ । चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन धमाधम गर्न थालेको छ ।आईतबार लालभित्तिमा समितिले अनुगमन गरेको छ । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ ।

आईतबार बेलबारी तथा लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल प्रयोग नगरेको पाइएको अनुगमन समितिका संयोजक खडकाले बताए । अनुगमन टोलिले ब्याबसाय दर्ता नभएका मुल्य सुचि नराखेका पसलहरुलाई ७ दिन भित्र मापदन्ड पुर्याउन समेत निर्देशन दिएको छ ।

मासुपसल, सनुपसल, इलेक्ट्रोनिक्स, किराना, बस्त्रालय, औषधि पसल, एग्रोभेट लगायतका पसलको अनुगमन गरीएको थियो । टोलिले एक हप्ता पछि पुन अनुगमन गर्ने समेत जनाएको छ ।