आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)

  • १६ कार्तिक २०७५, शुक्रबार



लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् ।
मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ ।
गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन, लय सुर्यमणि आचार्य कै रहेको छ भने गीतमा भिमसेन खतिवडा र राज कुमार हुमागाईको शब्द रहेको छ ।
मिलन श्रेष्ठको निर्देशनमा तयार गरिएको उक्त म्युुजिक भिडयोमा सञ्जिब ठकुरी र रिना थापाको विशेष अभिनय रहेको छ ।
गायक आचार्य भन्छन्, काठ क्षेत्रको मौलिकपन जोगाउनका निम्ति कलाकार एवं सर्जकले आफुलाई अनुशासित एवं सभ्य ढंगबाट प्रस्तुत गरिनुपर्छ भन्ने मुल मान्यतालाई आत्मबोध गर्दै ‘ए है काली’ बजारमा ल्याएका छौँ । आशा छ विगतका सांगितक कोशेली झै थप माया, साथ, सहयोग दिनुहनेछ भन्ने अपेक्षा गरेको उनले बताए ।
२०६० सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका आचार्यले ५ दर्ज भन्दा बढि नेपाली लोक दोहोरी गीतमा आफ्नो आवाज दिई सकेका छन् ।