देउसीको खेलेर मृगौला पीडित सोफियालाई सहयोग, देउसी भैलोको हिसाब पनि सार्वजनिक

  • ५ मंसिर २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे सूर्याेदय सामाजिक संस्था मार्फत लालभित्तिका स्थानीयबासीहरु छिमेकी  सुन्दरहरैचा नगरपालिका सलकपुर निवासी १५ बर्षिया सोफिया अधिकारीलाई वचाउने अभियानमा सक्रिय  भएका छन् ।

दुवै मृगाैला विग्रिएर काठमाण्डाैमा उपचार गराईरहेकी अधिकारीकाे उपचारमा अार्थिक अभाव देखिएपछि स्थानीयहरु उनकाे उपचारमा जुटिरहेका छन् ।

सूर्योदय सामाजिक संस्थाले छठकाे दिन देउसी भैलाेबाट जम्मा गरेकाे १६ हजार रकम बुधबार एक कार्यक्रम गरेर साेभिया वचाउ अभियानकी सदस्य सरीता भट्टराई मगरलाई हस्तान्तरण गरेकाे छ । साे रकम बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतमले वितरण गरेका थिए ।

रकम हस्तान्तरण तथा देउसी भैलाे समापन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष गाैतमले सूर्याेदय सामाजिक संस्थाले अाफू एक सामाजिक संस्था हुनुकाे धर्मलाई राम्ररी निभाएकाे वताए । साथै उनले समाजसेवा र मानवसेवनमा अग्रसर भएकाेमा खुसी व्यक्त गरे ।

साथै अादर्श टाेल विकास संस्थाका अध्यक्ष रन्जित गुरुङले समाजमा स्थापित सामाजिक संघ संस्थाहरुले समाजलाई भावनात्मक रुपमा जाेडेकाे वताए ।

देउसी भैलाेबाट जम्मा भएकाे रकमकाे हिसाब सार्वजनिक

साे संस्थाले २०७५ सालकाे देउसी भैलाेबाट जम्मा भएकाे रकमकाे हिसाब किताब पनि सार्वजनिक गरेकाे छ ।

संस्थाले खेलाएकाे देउसी भैलाेबाट रु १ लाख ७५ हजार ५ सय उठेकाे र त्यसबाट  २१ हजार ७ सय २३ रुपैयाँ  भने समाजसेवामा खर्चने अायाेजकले छ ।

साे रकम हस्तान्तरण कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतम, अादर्श टाेल विकास संस्थाका अध्यक्ष रन्जित गुरुङ, कविर निरन्तर विकास संस्थाका अध्यक्ष डिवि लिम्बू, स्थानीय खगेन्द्र न्याैपाने, रमिते सामुदायिक वनका राजु परियार, लालभित्ती वचत तथा ऋण सहकारीका सिताराम न्याैपाने, गायक सन्जिव धिमाल, लगायतकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा देउसी भैलाेमा सक्रिय भूमिका निभाउने कलाकारलाई सम्मान समेत गरिएकाे थियाे । संस्थाका अध्यक्ष धन श्रेष्ठकाे सभापतित्वमा संपन्न उक्त कार्यक्रमकाे संचालन स्थानीय जेवि थुलुङले गरेका थिए ।