‘आची खाउ’ बोलको गीत ल्याए रुञ्चे गायक प्रकाश पौडेलले

  • २५ मंसिर २०७५, मंगलवार



प्रवासमा रहेर  नेपाली गीतसंगित क्षेत्रमा सक्रिय रुञ्चे गायक प्रकाश पौडेल ‘आची खाउ’ बोलको गीत सार्वजनिक गरेका छन् ।

नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा जस्ता चर्चित कमेडी गीत गाइसकेका उनलेे अर्को कमेडी गीत ल्याएका हुन्  ।

हरेक वर्ष नयाँनया प्रयोग गर्न रुचाउने गायक पौडेलको आची खाउ अर्थात आलु चिउरा खाउ बोलको नयाँ गीत बुढा सुब्बा म्युजिक प्रालिले सार्वजनिक गरेको छ । संचारकर्मी गोपाल दाहालको शब्द र युएईमा कृयाशिल दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ ।

हिजोआज नेपाली समुदायमा मोटोपनको समस्या बढेसँगै मानिसहरु पेट घटाउनलाई बिभिन्न उपाय गरिरहेको बेला यो गीतमा मोटोपनलाई कसरी घटाउने विषय व्यङ्यात्मक रुपमा प्रस्तुत गरिएको गायक छ ।

गीतको भिडियोमा युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गरेका छन् । पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, एस्तर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।