सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग

  • २८ मंसिर २०७५, शुक्रबार

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ ।

युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन भएको छ । सो इट्टा उधोग प्रदेश नं १ का प्रदेश सभा सांसद राजकुमार ओझालेेे उद्घाटन  गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजकुमार ओझाले यस्ता उधोगीहरुलाई राज्यले सहयोग गर्ने बताए  । समाजमा भएका युवालाई रोजगार प्रदान गर्ने भन्दै उनलेे नयाँ इट्टा उद्योगको प्रगतिकाे कामना गरे ।

उधोगका सञ्चालक भिम रसाइलीले अरुण उपत्यका इन्टरलक इट्टाले उत्पादन गर्ने इट्टामा अरुभन्दा छुट्टै विशेषता रहेको बताउदै गर्मीमा बाहिर भएको तापक्रम भन्दा ४ डिग्रीसम्म भित्र कम गर्ने र जाडोमा बाहिर भएको तापक्रम भन्दा ४ डिग्री कम गर्ने विशेषता रहेको बताए ।

कार्यक्रममा बोल्दै कोशीहरैचा उधोग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले अर्थतन्त्रको हिसाबले नेपाललाई आत्मनिर्भर बनाउन यस्ता उधोग सञ्चालनमा आउनु खुशीको कुरा रहेको बताए । चापागाईंले स्वदेशमा लगानी गर्ने वातावरण छैन भन्ने अवस्थालाई युवाहरुले सञ्चालनमा ल्याएको यस उद्योगले गलत सावित गरिदिएको समेत बताए । केही गर्छु भन्ने इच्छाशक्ति भएमा मात्र आफू र देशलाई आर्थिक पाटोमा आत्मनिर्भर बनाउन सकिने उनले बताए ।

कार्यक्रममा उधोग वाणिज्य संघका महासचिव सन्तोष वान्तावा , सुन्दरहरैचा नगर कार्यपालिका सदस्य भक्त किरण राई , सुन्दरहरैचा नगरपालिका वार्ड नंं ७ का वडाध्यक्ष चैतन्य सिटौला लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।