विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)

  • २९ मंसिर २०७५, शनिबार



चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणको उपाधि सिडि विजय अधिकारीले जितेका छन् ।

प्रतियोगितामा चारजना फाइनलमा पुगेकोमा भोटिङका आधारमा अधिकारीले ‘भ्वाइस अफ नेपाल’ को उपाधी जितेका हुन् ।

गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कतारमा शुक्रबार सम्पन्न ग्राण्ड फिानालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रीजय थपलियाले प्रतिस्पर्धा गरेका  थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथै रेनोको एउटा कार प्राप्त गरेका छन् । उनी टिम दिपबाट टप ४ मा परेका थिए ।