आयो नन्दु र मन्दिराको युगल गीत ‘ओएम्जी पिरीम बस्ला जस्तो छ’

  • १५ पुष २०७५, आईतवार



नेपाली सुगम संगितको क्षेत्रमा भर्सटायल गायकको रुपमा नोटिस हुदै गएका गायक नन्दु राईले गायिका मन्दिरा कार्कीसँग नयाँ गीत गाएका छन् ।

नेपाली युवाहरुको भावना र चन्चलतालाई समेटिएको ओएमजी पिरिम बस्ला जस्तो छ—– बोलको गीत पुस ११ गते सार्वजनिक गरिएको गायक राईले बताएका छन् । डान्सिङ गीतमा सुहाउने यो गीतले युवा पुस्ताको जिवनशैली र मनोभावनालाई क्याच गर्ने प्रयास गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा एक फरक स्थान लिन सक्ने गायिका कार्कीले दाबी गरेकी छिन् ।

करिब एक दशक युएईमा रोजगारीको क्रममा रही भर्खरमात्रै नेपाली सुगम संगितको क्षेत्रमा काठमाडौंमा संघर्ष गरिरहेका गायक राईले विभिन्न जनराका गीतहरु गाएर आफ्नो संगितकर्मलाई निरन्तर अगाडि लगिरहेका छन् ।

गायक राईको आफ्नै शब्द र संगितमा यो नयाँ गीत तयार भएको हो । रमेश सेन्चुरीले एरेन्ज गरेको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।समाचार नन्दु र मन्दिराको युगल गीत सार्वजनिक-ओएम्जी पिरीम बस्ला जस्तो छ ।