खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रम सहित समापन भो स्मृति बोर्डिङको खेलकुद सप्ताह

  • २८ पुष २०७५, शनिबार

केशु विरही, बुढीगंगा, माेरङ / बुढीगंगा गाउँपालिका ३, निमुवा माेरङमा अबस्थित स्मृति इङलिस स्कुलले आयोजना गरेको तीनदिने खेलकुद सप्ताहकाे समापन भएको  छ ।

पाैष २६ गतेदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले शनिवार एक कार्यक्रमविच समापन गरेका हुन्  ।

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहाल, पूर्व प्रमुख जिल्ला अधिकारी केशरबहादुर केशी, स्मृति ई स्कुलका प्रिन्सिपल रीता न्याैपाने, महिला नेतृ जानुका लेखी, गरिमा बैंकका प्रवन्धक सुरज गाैतम लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले छाेटाे समयमै विद्यालयले गुणस्तीय शिक्षा प्रदान गर्न सफल भएकाेमा खुसी व्यक्त गाउँपालिका नगरकाे समग्र शैक्षिक विकासमा लागिरहेकाे वताए । अध्यक्ष माझीले छाेटाे समयमै विद्यालयलाई एक उत्कृष्ठ शैक्षिक संस्थाकाे रुपमा परिचित गराउन सफल भएकाेमा संचालक हरुलाई वधाई पनि दिए ।

बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहालले पढाईका साथसाथै विद्यार्थीलाई खेलकुदकाे पनि उत्तिकै महत्व रहेकाे वताए ।

विद्यालयका प्रिन्सिपल रीता न्याैपानेले विद्यालयलाई अाजकाे अवस्थामा ल्याउन सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै भविष्यमा पनि यस्तै सहयाेगकाे अासा व्यक्त गरिन् ।

साे अवसरमा खेलकुद सप्ताहभरि संचालन भएका खेलकुदका विभिन्न विधाका उत्कृष्ठ छात्रछात्रलाई पुरस्कार प्रदान गरिएकाे थियाे । साे अवसरमा विविध सांस्कृतिक प्रस्तुति पनि दिइएको थियाे ।सतिश चाैधरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने छात्राहरु इसिका चौधरी, सन्जिबनी चौधरी, स्नेहा माझी र सब्नम राजबन्सीले गरेका थिए ।