सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता रहनेगरी गुरुयोजना बनाउन जनप्रतिनिधिको सुझाव

  • ३ माघ २०७५, बिहीबार

मोरङ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले बेलबारी नगर क्षेत्रका सिमसारको गुरु योजना निर्माण गर्दा  सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता र जन अपेक्षालाई  ध्यान दिन विज्ञ समुहलाई सुझाव दिएका छन् ।

नगरभित्रका सिमसारहरुको गुरुयोजना निर्माण पूर्व स्थानीय जनप्रतिनिधि र विज्ञ समुहबिच नगरपालिकामा आयोजित छलफल कार्यत्रममा बोल्दै जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले नगर क्षेत्र भित्र रहेका सिमासारहरुको चरित्र र विशेषता फरक फरक रहेकाले सोही अनुुसार गुरुयोजना निर्माण गरिनुपर्ने बताए । उनले पहिलो प्रथामिकता सिमारको संरक्षण र त्यसपछि त्यसलाई कृषि उत्पादन तथा पर्यटकीय क्षेत्रसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने कुरा स्पस्ट रुपमा गुरुयोजनामा समावेश गर्न आवश्यक रहेको औल्याए ।
उनले कतिपय सिमासारहरु स्थानीय सामाजिक र सांस्कृतिक पक्षसँग पनि जोडिएका र कतिपय बनस्पति तथा जीबजीबाणुका हिसावले महत्वपूर्ण भएकाले ती सबै कुरालाई गुरु योजनामा स्पस्ट उल्लेख गर्नुपर्ने बताए ।

त्यस्तै नगर पालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पहिचान गरिएका सिमासारहरुको आर्थिक, सामाजिक, र भौगोलिक प्रभाव के हुन सक्छ भन्ने कुरा तर्फ पनि ध्यान दिनुपर्ने बताए । उनले गुरु योजना निर्माण गर्दा सिमासारहरुको संरक्षण र आयआर्जनका पक्षलाई स्पस्ट छुट्टयाउनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै बेलबारी नगर पालिका वडा नम्बर  नं २ का वडाध्यक्ष घनश्याम गौतमले बेलबारी क्षेत्रका सिमसार सामाजिक र सांस्कृतिक हिसावले मात्र नभएर पर्यपर्यटकीय र जीवशास्त्रीय हिसावले पनि महत्वपूर्ण भएकाले सोही अनुसार गुरु योजना निर्माण हुनुपर्ने बताए ।
त्यस्तै वाड नं १ वाड अध्यक्ष चक्र बहादुर खुलालले स्थानीय समुदायका सुझावलाई पनि गुरु योजनामा समावेश गर्न आवश्यक भएको बताए उनुभयो ।
कार्यक्रममा विज्ञ समुहका तर्फबाट प्रा डा दामोदर थापा, प्रा डा सोम खतिवडा, डा अर्जुन बराल, डा भविन्द्र निरौला, रामचन्द्र अधिकारी लगायतका व्यक्तिहरुले बेलबारी क्षेत्रका सिमासारको अवस्था तीनको महत्वको बारेमा आ आफ्नो धारण राखेका थिए ।
यस अघि विज्ञ समुहले झण्डै एक महिनाको स्थलगत अध्ययन पछि बेलबारी नगर क्षेत्रका विभिन्न २१ वटा सिमसारको पहिचान गरी तिनको संभावाना सहितको प्रतिबेदन नगरपालिकालाई बुझाएको थियो ।