मुद्दा नै झेल्ने भए पत्रकार कुट्ने वडाध्यक्षका छोराले
- ७ माघ २०७५, सोमबार
उर्लाबारी पत्रकार तेजन खड्कामाथी आक्रमण गर्ने मोरङको उर्लाबारी–९ का कमल लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दा चलाइएको छ ।
आइतबार पीडित पत्रकार खड्काले इलाका प्रहरी कार्यालय उर्लाबारीमा अभद्र ब्यवहार अन्तरगतको मुद्दाका लागि जाहेरी दिएका हुन् ।
सोमबार लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । शनिबार राती समाचारका विषयमा लिएर फ्याकले पत्रकार खड्का र उनको आमा मालती खड्का माथि आक्रमण गरेका थिए ।
पत्रकार खड्कामाथि आक्रमण भएको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले लिम्बूलाई पक्राउ गरेको थियो ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. १, मोरङ शाखा, सञ्चार क्लब नेपाल उर्लाबारी, प्रेस युनियन मोरङ लगायतले पत्रकार खड्कामाथि भएको आक्रमण निन्दा गर्दै दोषीलाई कडा कार्वाहीको माग गरेका छन् ।