फागुन दोस्रो हप्तादेखि लेटाङ एक्सपाे २०७५ हुने, ३ सय ५१ सदस्यीय मूल समिति गठन

  • ३ फाल्गुन २०७५, शुक्रबार

केशु विरही, लेटाङ, माेरङ/ कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ ।

लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा संचालन हुने एक्स्पाेकाे वारेमा लेटाङ उद्याेग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे ।

लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे शिवालय मन्दिरकाे सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा लेटाङ उद्याेग वाणिज्य संघका महासचिव देवराज चाम्लिङले फागुन १७ देखि २६ सम्म “लेटाङ एक्स्पाे -२०७५” संचालन हुने जानकारी दिए ।

३ सय ५१ सदश्यीय मूल समिति

फागुन १७ देखि २६ सम्म चल्ने एक्सपाेलाई सफल पार्न सबैलाई समेटेर ३ सय ५१ सदस्यीय एक्स्पाे मूल अायाेजक समिति र विभिन्न उपसमितिहरुकाे निर्माण गरिएका छन् ।

कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने अभिप्रायले संचालन गर्न लागिएकाे एक्सपाेमा कृषि, पर्यटन, अटाेमाेवाईल, लगायतका १ सय ५० वटा स्टलहरु रहने छन् ।

एक्स्पाेमा झापा, माेरङ, धनकुटा तथा तेह्रथुम सम्मका क्षेत्रका २ लाख सर्वसाधारणले अवलाेकन गर्ने र एक्स्पाेबाट ५ कराेड वरावरकाे काराेवार हुने विश्वास गरेकाे छ ।

साे पत्रकार सम्मेलनमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई, लेटाङ उद्याेग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद विमली, नेपाल उद्याेग वाणिज्य संघका केन्द्रीय सदस्य ललित शिंखडा लगायतकाे सहभागिता रहेकाे थियाे ।

लेटाङ नगरपालिका प्रमुख शंकर राईले एक्स्पाेले अार्थिक समृद्धिका साथै नगरलाई चिनाउने काम गर्ने भएकाेले यसलाई सफल पार्नमा नगरपालिकाकाे पूर्ण सहयाेग रहने वताए ।

लेटाङ उद्याेग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद विमलीले एक्स्पाेलाई सफल पार्न सबैकाे सहयाेगकाे खाँचाे रहेकाे अाैल्याएका थिए ।

एक्सपाेलाई प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेकाे अायाेजकले जनाएकाे छ ।