बेलबारीमा शुरुभो कुक, मोवाईल तथा कम्प्यूटर मर्मत, सफ्टवेयर र ड्राईभिङ तालिम

  • ५ फाल्गुन २०७५, आईतवार

मोरङ बेलबारी नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक महिने आधारभुत कुक,मोवाईल मर्मत,कम्प्यूटर मर्मत, सफ्टवेयर मर्मत तथा ड्राईभिङ तालिम शुरु भएको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले तालिमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवेदीले प्रमाण पत्र लिएर ब्यवसायमा लाग्न आग्रह गरे । नेपालमै बसेर केहि गर्नु होस ब्यवसाय गर्नेलाई नगपालिकाले सहयोग गर्ने समेत उनले बताए । उनले तपाईहरुले मागे अनुसारको कार्यक्रम नगरपालिकाले दिएको छ सिप सिकेपछि सदुपयोग पनि गर्नु होस । उनलेे सिरानेमा प्रमाण पत्र राखेर ननिदाउन समेत उनले अर्ति दिए ।

वडा नम्बर ४ले एकै पटक एक सय ४ जनालाई तालिम दिएको छ । युवाहरुलाई गाँउमै स्वरोजगार बनाउने उदेश्यका साथ तालिम दिएको वडा अध्यक्ष राम किरातीले बताए ।