ग्रुप फोर इस्ट्रन नामक संस्थाले आयोजना गर्ने सो  प्रतियोगितामा १ नं प्रदेश भरिका ४ सय भन्दा बढी युवतीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

प्रतियोगिताको पहिलो अडिसन फागुन २० गतेदेखि  दमक, विराटनगर, विर्तामोड, दमक, इटहरी, धरान, विराटचौक र धनकुटामा हुने सस्थाका प्रमुख निर्देशक सागर लुइटेलले बताए । त्यसैगरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सुन्दरहरैचास्थित इन्द्रपुर जेसिजको सभाहलमा चैत १५ गते हुने आयोजकले जानकारी दिएका छन् ।

मिस सुन्दरहरैंचा मा १८ वर्षदेखि २४ वर्षका र ५.२ फिट अग्ला युवतीहरुले सहभागी हुन पाउनेछन् । त्यसैगरी   एसएलसी वा एसइइ  उतिर्ण भएका युवाहरूले प्रतियोगितामा भाग लिन सक्ने आयोजकले जानकारी दिएका छन्  ।

प्रतियोगितामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ को उपाधी बिजेतालाई एउटा स्कुटी, मिस फस्ट राउण्ड अपलाई नगद रु ७५ हजार नगद दिइनेछ ।  मिस सेकेन्ड राउन्ड अपलाई नगद रु ३५ हजार दिइने आयोजकले जनाएका छन् । प्रतियोगितामा मिस ट्यालेन्ट, मिस डिसिप्लेन, बेस्ट हेयर एण्ड स्टाइल, मिस फोटो जेनिस, मिस क्याट्वक, मिस फ्रेण्डसिप, मिस पपुलर जस्ता विभिन्न ७ विधामा ७ जनाले करिब १५ हजार  मुल्य बराबरको हुवावे मोबाइल पाउनेछन् ।

करिब २० लाख ८० हजार  लागत लाग्ने अनुमान गरिएको प्रतियोगिता पुर्वाञ्चल स्तरिय भनिए पनि १ नं प्रदेश भरिका युवतीहरुले सहभागी जनाउन सक्ने सस्थाका निर्देशक उपेन्द्र बजगाईले जानकारी दिए ।

उक्त प्रतियोगिताबाट बचेको सम्पुर्ण रकम सामाजिक क्षेत्रमा खर्च गरिने र बिपन्न विद्यालय तथा गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि खर्च गरिने आयोजकले जनाएका छन् ।