आठराईकाे एक घरमा आगलागी, जलेर ६ बर्षिय वालकको मृत्यू

  • ६ फाल्गुन २०७५, सोमबार

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका ३ हवाकुमा अाईतबार दिउसो आगलागी हुंदा ६ बर्षिय वालकको जलेर ज्यान गएकाे छ ।

स्थानीय रुद्र खातिकाे घरमा आगलागी हुंदा उनका ६ बर्षका छाेरा माैसम खातिकाे आगाेमा जलेर ज्यान गएकाे हाे ।

आगलागीबाट २ ओटा घर समेत जलेर नष्ट भएका छन्  । आगलागीबाट घर भित्र रहेका खाधान्न ,लत्ताकपडा भाडा बर्तन लगायत समान जलेर नष्ट हुदा ६ लाख ८० हजार बराबरको क्षेति भएको ईलाका प्रहरी कार्यालय सक्रान्तिले जनाएको छ।
घरै नजिक पराल राखेको मतानमा बच्चा खेल्ने क्रममा लाईटर सल्काएपछि उक्त घटना भएको हाे । आगाे स्थानीय बासि र ईलाका प्रहरी सक्रान्तिकाे टाेलीकाे सक्रियतामा केही घण्टा पछि नियन्त्रणमा एकाे थियाे ।
अग्नि पिडित परिवार अहिले आफन्तकाे शरणमा बस्न बाध्य भएका छन् ।