सुन्दरहरैंचा एक्स्पोमा युवाहरू असन्तुष्ट, युवाले आयोजकलाई बुझाए ज्ञापनपत्र

  • ६ फाल्गुन २०७५, सोमबार

ज्ञानेन्द्र दाहाल, गछिया / सुन्दरहरैंचा नगरपालिका नगरपालिका अन्तरगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध  युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै  युवाहरूले  सचिवालय मार्फत आयोजक टिमलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट जयप्रकाश रायमाझीले एक्स्पो का संयोजक तथा सुन्दरदुलारी उद्योग बाणिज्य महासंघ का अध्यक्ष किशोर कार्किलाइ ध्यानाकर्षण पत्र बुझाएका हुुन् । ध्यानाकर्षण पत्रमा स्थानीय युवाहरूलाई एक्सपोमा समेट्न माग गरिएको छ ।