सहिद परिवार सम्मान र १०१ जनाको रक्तदान सहित नेकपा बेलबारीले मनायो प्रजातन्त्र दिवस

१५ सहिद परिवार सम्मानित

  • ७ फाल्गुन २०७५, मंगलवार

प्रजातन्त्र दिबसको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र बेलबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य मानिसहरूले रक्तदान गरेका छन्  ।

मंगलबार बिहान बेलबारी ९ डाँगा बजारमा भएको रत्तदानमा १०१ पाउण्ड रगत संकलन भएको नेकपा पार्टी संयन्त्र बेलबारीका संयोजक ईरान राइले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण मानिसहरुको बाक्लो उपस्थिति थियो ।

रक्तदान कार्यक्रममा प्रदेश नं १ सह इन्चार्ज सावित्री काफ्ले, केन्द्रिय सदस्यहरु बिनोद ढकाल, गोपी अच्छामी, बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी  लगायतको आतिथ्यता थियो ।

त्यसैगरी प्रजातन्त्र दिवसकै अबसरमा जनयुद्ध र जनआन्दोलनमा सहिद भएका बेलबारीका  १५ जना सहीदका परिवारहरुलाइ सम्मान गरिएको छ ।

बेलबारी नगरपालिका १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा प्रदेश नं १ सह इन्चार्ज सावित्री काफ्ले, केन्द्रिय सदस्यहरु बिनोद ढकाल, गोपी अच्छामी, प्रदेश कमिटी सदस्यहरु सामना, डिपी राई बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।