सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन

  • ९ फाल्गुन २०७५, बिहीबार

ज्ञानेन्द्र दाहाल, गोठगाउँ /सुन्दरहरैचाका एक पुर्व वडाअध्यक्षले निर्माण सम्पन्न भएको बाटो भत्काउने जस्तो गैह्र जिम्मेवार  काम गरेका छन् ।

साबिक मिर्गौलिया ६ का पुर्व वडाध्यक्ष  पर्शुराम पराजुलीले आफ्नै घर अगाडिको ग्राबेल बाटोको ड्रेनलाई डोजर लगाएर भत्काएका छन । उनले सुन्दरहरैचा -८ स्थित नारायण डेरी हुँदै ब्राइट फ्युचर बोर्डिङ जाने बाटो आफ्नो कार्यअवधिभरमा निर्माण गरेको बाटो डोजर नै लगाएर भत्काएको स्थानियले बताएका छन्  ।

किन बाटोको ड्रेन भत्काइयो भन्ने कुरा पुष्ठि नभएता पनि सलकपुर खानेपानीको निर्वाचनमा आफुलाइ गाउलेले नजिताएको  आबेगमा ड्रेन भत्काएको हुन सक्ने स्थानियको भनाइ छ । उक्त बाटो भत्काए पश्चात् स्थानियले सुन्दरहरैचाको वडा नं ८ को वडा कार्यालय घेराउ समेत गरेका छन्  । उनी खानेपानी आयोजनाको कोषाध्यक्ष पदमा २ मतले पराजित भएका थिए ।