टाउको दुखाइ बन्दैछन् भुस्याहा कुकुरहरु, ब्यबस्थापनमा स्थानीय तहहरुको बेवास्ता

  • ९ फाल्गुन २०७५, बिहीबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती शान्तिचाेकका राम राई वुुुुधवार साँझ घरकाे मथिल्लाे तलामा रहेकाे किचनकाेठामा खाना खाइरहेका थिए । घरदेखि पश्चिमतर्फ रहेकाे खाेरमा सुँगुर जाेडले कराए पछि उनी के भएछ भनेर हत्तार हत्तार गरेर तलामुनि झरे ।

सुँगुरकाे खाेरदेेेेखि केेेेही पर एक हुल भुस्याहा कुकुरकाे जथ्था देखा परे । ती भुस्याहा कुकुरहरु खाेरमा रहेकाे सुँगुरलाई घिसार्दै पर पुर्याएर चिथाेर्दै रहेछन् । उनकाे साताे गयाे । उनले हत्तपत्त त्याे भुस्या कुकुरकाे झुण्डलाई लखेट्न सफल भए ।

“अलिकति ढिलाे भएकाे भए आज मेराे सत्यनास हुने थियाे । बेलैमा थाहा नपाएकाे भए मेराे १५-१६ केजीकाे सुँगुर खाने रहेछन् । झण्ड थाहा पाईहालेछु ।” भुस्याहा कुकुर लखेटेर घरकाे तलामाथि चढेर हात धुँदै गरेका रामले यति वताउन सके ।

याे त एउटा प्रतिनिधि घटनामा मात्र हाे । यस्ता थुप्रै घटनाहरु छन् । भुस्याहा कुकुरले दैनिक रुपमा यसरी नै स्थानीयलाई दुःख दिईरहेका छन् ।

पछिल्लाे समयमा भुस्याहा कुकुरकाे विगविगी बढेकाे छ । साँझ बेलबारी २ लालभित्तिका सडकभरी यस्ता कुकुरहरुकाे झुण्ड देखिन्छन्  । आधा दर्जनभन्दा वढि सङ्ख्यामा रहेका ती भुस्याहा कुकुरहरु अनेक रङ्का छन् ।

कुनै काला छन् त कुलै खैरा र टाटेपाङ्ग्रे पनि । कुनै ठूला छन त कुनै स-साना बच्चा सहितमा माउ पनि । तर यी कुकुरहरु कसैले पालेका भने हाेइनन् । यी छाडा अर्थात आश्रयहीन भुस्याहा कुकुर हुन यिनीहरु जहाँ खान पायाे त्यतै लहसिन्छन् ।

यसरी यी भुस्याहा कुकुरहरुले स्थानीयका घरमा पसेर क्षति मात्र गर्दैनन्, साँझ परेपछि यिनीहरुले एक्लै दुक्लै हिँड्ने यात्रुकाे साताे समेत लिन पुग्छन् ।

के खान्छन् त यी कुकुरहरु ?

याे क्षेत्रमा भेटिने अधिकांक्ष कुकुरहरु आश्रयहीन अर्थात भुस्याहा नै हुन । यस्ता कुकुरहरु विशेष गरेर हाेटल तथा मासु पसलका आसपासमा भेटिने गर्छन । हाेटलबाट फालिने खाना र मासु पसलबाट विसर्जन गरिने कुखुराका आन्द्रा वा भुत्लाहरु खाएर बाँच्ने गर्छन यी कुकुरहरु ।

 के हुनसक्छ व्यवस्थापनकाे उपाय ?

हुन त भुस्याहा कुकुरको समस्या लालभित्तीकाे मात्र नभएर गाउँ र नगरकै समस्या हाे । आज हरेक टाेल-टाेलमा याे भुस्याहा कुकुरकाे समस्या छ ।

पछिल्लाे समयमा बेलबारी नगरपालिकाले टाेल विकास संस्था मार्फत आफ्ना सम्पूर्ण काम कार्वाहीलाई सम्पादन गर्ने गरेकाे छ । त्यसैले स्थानीयवासीहरु यी भुस्याहा कुकुरकाे समस्या टाेल विकास संस्थालेे नै  व्यवस्थापन गराेस भन्ने चाहन्छन् ।

तर यस्ता भुस्याहा कुकुरकाे व्यवस्थापन त्यति सजिलाे भने छैन । बाटाे बाटाेमा भेटिने यस्ता कुकुरहरुलाई समातेर राख्ने स्थलकाे अभाव छ भने पक्रेर मार्न पनि त्यति सजिलो छैन । तर यी भुस्याहा कुकुरकाे व्यवस्थापन बेलैमा गर्न नसकेमा याे समस्या पूरै नगरकाे चुनाैतिकाे विषय वन्न सक्ने बेलबारी २ का ज्ञानेन्द्र खड्का वताउछन् । उनी भन्छन् – याे समस्यालाई बेलेमै सामधान गरिएन भने यसले ठूलाे समस्या निम्तिन सक्छ । तसर्थ याे समस्या सामधानका लागि  नगरपालिकाले बेलैमा कदम चाल्न आवस्यक छ ।”