आरसी मोबाइल एण्ड इलेक्ट्रोनिक्सले बेलबारीमा खोल्यो अर्को पनि शोरुम 

  • १० फाल्गुन २०७५, शुक्रबार

मोरङको बेलबारी ३ मा बिगत दस बर्षदेखि संचालनमा रहेको उत्तरी मोरङमा परिचित आरसी मोबाईल एण्ड इलेक्ट्रोनिक्स  सेन्टरले बेलबारी १ मा नयाँ मल्टी ब्राण्ड शोरुम बिस्तार गरेको छ ।
पहिले सानीमा बैंक रहेको स्थानमा इलाका प्रहरी कार्यालय अगाडि खुलेको शोरुमको बिहीबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदीले उदघाटन गरे। नयाँ शोरुममा सबै ब्रान्डका मोबाईल लगायत सबै खालका इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध हुुने  सञ्चालक रामचन्द्र खडकाले बताए ।
ईलाका प्रहरी कार्यालय अगाडी करिब ५० लाखको लागतमा खुलेको सो शोरुममा सबै किसिमका मोबाईलका अलावा  टीभी, फ्रीज, वासिङ मेसिन, घडी लगायत सबै खाले ईलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन्  । बेलबारी  ३ पश्चिम बस स्टेनमा रहेको साबिक पसल पनि  सञ्चालनमा रहेको खड्काले जानकारी दिए ।