उज्यालो नगर बनाउन ठाउँ ठाउँमा ट्रान्समिटर थप्दै बेलबारी नगरपालिका

  • १४ फाल्गुन २०७५, मंगलवार

बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ ।

विधुत नपुगेका वडा तथा टोलमा विजुली पुर्याउने उदेश्यका साथ नगरपालिकाले अहिले सघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको हो ।
दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसकेको छ । वडा नम्बर ६ र नौ नम्बरमा जडान गरिसकिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

उज्यालो नगरकारुपमा विकास गर्न दु्रत गतिमा काम भईरहेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।उनले नगरपालिकाले विधुत बिस्तार बर्षका रुपमा नगरपालिकाले काम गरीरहको बताए । उनले नगरका सवै घरहरुमा झलमल बत्ति वाल्ने काम अगाडि वढाइएको बताए ।
विकास बजेट सहर केन्द्रित भइरहेको बताइरहेका बेला   गाँउ केन्द्रित बजेट पुर्याउन त्यस्तो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।